Aamsanchar

बुधबारे जेसीजको भवन निर्माणका लागि अमेरिकाबाट पनि आयो सहयोग रकम

Author Image
आइतवार, भदौ ६, २०७८

बुधबारे । बुधबारे जेसीजलाई अमेरिकाबाट भवन निर्माणका लागि ५० हजार सहयोग प्राप्त भएको छ ।

बुधबारे जेसीजको सचिवालय भवन निर्माणका लागि सुरु गरिएको ‘मेरो पनि योगदान छ’ कार्यक्रम अन्तर्गत सो सहयोग प्राप्त भएको हो ।

तेस्रो मुलुक पुनर्बास हुनुभएका नेपालीभाषी भुटानीहरूले संचालन गरेको फेसबुक पेजबाट संचालित बसिबियालो कार्यक्रममा संकलन भएको नगदबाट सो सहयोग भएको हो ।

बसिबियालो कार्यक्रम गोपाल निरौला र पुरूर्षोत्तम निरौलाले प्रत्येक शनिवार नेपाली समयानुसार बेलुका ठिक ८ बजेबाट विगत एक बर्षदेखि संचालन  गरि रहेका छन् ।

सो कार्यक्रममा सहयोग गर्नु भएका सहयोगीहरुबाट संकलन भएको रकम प्रदान गरिएको बसिबियालो कार्यक्रम संचालक गोपाल निरौलाले जानकारी दिए ।

ढेड दशक बढी समय बुद्धशान्तिमा रहेको कर्णाली एजुकेशन फाउन्डेसनमा शिक्षण पेशा गर्नुभएका गोपाल निरौला र उहाँका भाइ पुरूर्षोत्तम निरौलाले सन्चालन गर्ने सो कार्यक्रममा गायन, कविता, गजल, हाजिरी जवाफ, अन्तर्वार्ता लगायतका सामग्री प्रस्तुत गरिने गरिएको छ ।

बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले कार्यक्रम संचालक सहित सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

यससँगै अमेरिकाबाट संचालित बसिबियालो कार्यक्रमको टिमले झापा बुद्धशान्ति १ को त्रिभुवन माविलाई अक्षयकोष र सिसिक्यामेरा जडानका लागि ३ लाख, बेलडाँगी शिविरमा आगलागी हुँदा ३० हजार, दमकका एक प्यारालाइसिसका बिरामीलाई ५ हजार गरि अमेरिकाबाट ३ लाख ८५ हजार रूपैयाँ सहयोग गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर