Aamsanchar

मोरङ : १४ वर्षीया छोरी बलात्कार गरेको आरोपमा ५१ वर्षीय बुवा पक्राउ

Author Image
आइतवार, भदौ ६, २०७८

विराटनगर – बालिका छोरी बलात्कारको आरोपमा एक पुरुषलाई प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको छ। बेलबारी नगरपालिका घर भएका ५१ वर्षीय पुरुषलाई पक्राउ गरेर आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका बुवाले आफ्नै १४ वर्षीया छोरी बलात्कार गरेको आरोप छ। पक्राउ परेका पुरुषले २०७७ साल माघ २० गते राति आफ्नै घरमा बालिका छोरीलाई डर र त्रास देखाएर बलात्कार गरेको उजुरी परेको प्रहरीले जनाएको छ। किटानी जाहेरी परेपछि पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याइएको श्रेष्ठले बताए।

उनका अनुसार पीडितको स्वास्थ्य परीक्षण लगायतका प्रक्रिया पनि अघि बढाइएको छ। पक्राउ परेका पूर्वजम्दारविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन सोमबार अदालतबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइने जानकारी डीएसपी श्रेष्ठले दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 400

प्रतिक्रिया (०)

सम्बन्धित खबर