Aamsanchar

विवाह गर्ने आश्वासन देखाएर महिलालाई दुबईमा बच्ने एक युवकलाई थुनामा राख्ने आदेश

Author Image
बिहिवार, भदौ १०, २०७८

काठमाडौंमा काम खोज्दै हिँडेकी महिलालाई विवाह गर्ने आश्वासन देखाएर दुबईमा बेचेको आरोपमा अर्घाखाँचीका युवकलाई अदालतले थुनामा राख्ने आदेश गरेको छ । साउन १७ मा प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले अर्घाखाँची घर भएका ३३ वर्षीय मधु श्रेष्ठलाई पक्राउ गरेको थियो ।

बिहीबार जिल्ला अदालत काठमाडौंले श्रेष्ठलाई पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको हो । अदालतको आदेशले उनलाई सुन्धारास्थित केन्द्रिय कारागारमा थुनामा राखिएको छ । २०७७ कार्तिकमा कामको खोजीमा भौतारिएकी महिलालाई मधुले ‘म र श्रीमतीको बीचमा राम्रो सम्बन्ध छैन, दुबई गएर पैसा कमाएर आउ अनि तिमीसँग विवाह गरौंला’ भनेर दुबईमा पठाएका थिए ।

दुबई पठाउनुअघि श्रेष्ठले ती महिलालाई गेष्ट हाउस र मनमैजुस्थित आफ्नो फ्ल्याटमा राखेर जबरजस्ती यौन सम्बन्ध राखेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । महिलासँग १ लाख ३० हजार रुपैयाँ लिएर उनको दुबईमा बेचेको मानव बेचविखन अनुसन्धान ब्यूरोकी एसएसपी दुर्गा सिंहले बताइन् ।

दुबईस्थित अरबीको घरमा पुर्याएकी ती महिलालाई अबरीले ‘तँलाई १५ हजार दिराममा किनेको हुँ’ भन्दै कुटपिट र बलात्कार प्रयास गरेपछि उनी त्यहाँबाट भागेकी थिइन् । दुवईस्थित एनआरएनएको सहयोगमा उनी २०७८ असार ९ मा नेपाल फर्केकी थिइन् । नेपालमा आएर घटनाबारे जानकारी गराएपछि ब्यूरोले त्यसबारे अनुसन्धान गरेर आरोपीलाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 248

प्रतिक्रिया (०)

सम्बन्धित खबर