Aamsanchar

बेलझुण्डी खानेपानी आयोजनाको काम समयमै सम्पन्न गर्न नगर प्रमुख पाण्डेको आग्रह

Author Image
शुक्रवार, भदौ ११, २०७८

तुलसीपुर। तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले बेलझुण्डी खानेपानी आयोजना सम्पन्न भएमा एक घर एक धाराको नाराले सार्थकता पाउने बताउनुभयो । बेलझुण्डी सहलगानी खानेपानी आयोजनाको सम्झौता कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । दाङमा सहलगानीमा परेका तुलसीपुर खानेपानी, अमृतपुर खानेपानी र बेलझुण्डी खानेपानी मध्य बेलझुण्डी सहलगानी खानेपानी अयोजनाको सम्झौतासंगै अब निर्माणको काम अघि बढ्ने भएकाले तोकेको समयमा काम सम्पन्न गरेर इमानदारिता प्रर्दशन गर्न नगर प्रमुख पाण्डेले व्यवसायीलाई आग्रह गर्नुभयो ।
बेलझुण्डी खानेपानी आयोजनाको निर्माण कार्यका लागि झण्डै ३१ करोडमा सम्झौता भएको छ । तुलसीपुर उपमहानगरपालिकाको रोहबरमा संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना नेपालगंज, बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र निर्माण कम्पनी मृतसञ्जीवनी स्वामीनारायण सगुन जेभी बिच शुक्रबार सम्झौता भएको हो ।
सहलगानी अन्तर्गत ३६ करोडको स्टमेट भएपनि निर्माण कम्पनीले ३० करोड ७३ लाखमा दुई बर्षमा काम सम्पन्न गर्नेगरी सम्झौता गरेको छ ।

कार्यक्रममा निर्माण व्यवसायी सहदेव खड्काले काम गर्ने वातावरण तयार भएमा तोकेको समय भन्दा ६ महिना अघि आयोजनाको काम सम्पन्न गर्ने दाबी गर्नुभयो । त्यसका लागि उपभोक्ताले निर्माण स्थलको छनौ र साइड किलियर गरिदीनुपर्ने व्यवसायी खड्काले बताउनुभयो ।
कुल रकमको ७० प्रतिशत नेपाल सरकारको अनुदान हुनेछ भने ३० प्रतिशत उपभोक्ताले उठाउनुपर्ने छ । एक बर्ष अघि डिपी आरको काम सम्पन्न भएपछि गएको जेठमा आयोजना निर्माणका लागि टेण्डर आब्हान गरिएको थियो ।

आयोजनाको काम अन्तर्गत ४ वटा मुहान, ३ वटा रिजरर्भ टंकी, ९४ किलोमिटर शाखा पाइपलाइन विस्तार, १५ किलोमिटर मुख्य पाइपलाईन विस्तार, पानी सुद्धिकरण प्लान्ट, खानेपानीको प्रशासनिक भवन निर्माण लगाएतका छन् । आयोजना सम्पन्न भएमा २४सै घन्टा धारामा पानी आउने र मुहानदेखि मुखसम्म उपभोक्ताले सुद्ध पिउने पानी प्राप्त गर्ने अध्यक्ष गौतमले बताउनुभयो । बर्षौ पुरानो खानेपानी आयोजनामा सहलगानीमा लागु भएपछि उपभोक्ताले झेल्दै आएको खानीपानीको अभाव टर्ने संस्थाले जनाएको छ । ३२ सय घरधुरी रहेको अयोजना क्षेत्रमा सहलगानी लागुभएपछि उपभोक्ताहरु खुशी भएका छन् ।
संस्थाका अध्यक्ष प्रदिप गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संघिय खानेपानी तथा ढल व्यवस्थापन विभाग डिभिजन इन्जिनियर वीरेन्द्र कडेल, संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना नेपालगंजका प्रमुख मनिश राज शर्माले उपभोक्ताको उठाउनु पर्ने ३० प्रतिशत रकमलाई पनि घटाएर सुन्य प्रतिशतमा ल्याउने तयारी भइरहेको बताउँदै भुक्तानीका लागि कुनै समस्या हुन नदिने बताउनुयभो । कार्यक्रमको सहजीकरण पुष्कार बस्नेतले गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 250

प्रतिक्रिया (०)

सम्बन्धित खबर