प्रतिकात्मक फायल तस्वीर गुगलबाट ।

एजेन्सी । भारतको असम राज्यको दीमा हसाओ जिल्ला दियुंगबरा नजिकै अज्ञात समूहले सातबटा ट्रकमाथि आगजनी गरेका छन् । आगलागीमा पाँचजना ट्रक ड्राइभरको जलेर मृत्यु भएको छ । रिपोर्टका अनुसार आगलागी अघि उनीहरुले थुप्रै राउन्ड फायरिङ पनि गरे ।

प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।
Views: 161

