Aamsanchar

भोजपुरमा श्रीमतीको ढाडमा खुकुरीले प्रहार गरेर हत्या गरेपछि श्रीमानले गरे आत्महत्या

Author Image
शनिवार, भदौ १२, २०७८

विराटनगर –भोजपुर षडानन्द नगरपालिका -९ तालखर्क का ४० बर्षीय बुद्दीमान राईले आफ्नै श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । शनिबार बिहान साढे १ बजे उनले आफ्नै श्रीमती २८ बर्षीया ईन्द्रकला राईलाई धारिलो हतियार खुकुरीले ढाडमा प्रहार गरी हत्या गरेका थिए ।

त्यसलगत्तै आफूले पनि घरबाट अन्दाजी ४० मिटर टाढा रहेको दुधिलोको रुखमा झुन्डिएर आत्महत्या गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ। प्रहरीका अनुसार घटनास्थलमा आमालाई खुकुरी प्रहार गरेको देखेर उनीहरुकै ८ बर्षीय छोराले स्थानीयलाई खबर गर्न गएका थिए ।

स्थानीयबासी घटनास्थलमा पुग्दा ईन्द्रकला राईको मृत्यु भई सकेको र उनको पतिलाई खोजी गर्दा झुन्डिएको अवस्थामा शव फेला परेका थिए । घटनास्थलको ईलाका प्रहरी कार्यालय साङपाङ र ईलाका प्रहरी कार्यालय तिवारी भञ्ज्याङबाट प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर