Aamsanchar

खहरे खोलामा खेल्ने क्रममा पहिरोले पुरिएर ७ बर्षिय बालकको मृत्यु

Author Image
शनिवार, भदौ १२, २०७८


उदयपुर- उदयपुर कटारी नगरपालिका २ मिलन चौकका पोष्ट बहादुर मगरको छोरा ७ बर्षीय कर्ण मगरको पहिरोले पुरिएर मृत्यु भएको छ । हिजो दिउसो साढे १ बजे घर देखी अन्दाजी ४०० मिटरमा रहेको आँप खहरे खोलामा गई खेल्ने क्रममा माथीबाट पहिरो झरी पुरिएर गम्भिर घाईते भएका उनको उपचारको लागी कटारी अस्पताल ल्याउदा ल्याउदै बाटैमा मृत्यु भएको थियो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटि गई अनुसन्धान तथा कानुनि प्रकृया पुरा गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर