मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
मनमा निराशा र शरीरमा आलस्य आउला । अनावश्यक ठाउँमा धन खर्च होला । कार्य सम्पादनमा समस्या आउला, तर साँझमा पैसा हात पर्नसक्छ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिवारमा सुख सन्तोष छाउनेछ । सफल यात्राको योग छ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शेयर बजारको लगानीले लाभ मिल्ला ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । समाजसेवामा मन लाग्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
सौन्दर्यतामा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
मिठो बोलीले कार्य सम्पादन हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्राविधिक काममा सफलता प्राप्त हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
माइलो यात्राको योग रहेको छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेममा मधुरता छाउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज लक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ । प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । पुँजी बजारको लगानीले लाभ नै हुनेछ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज विद्या र बुद्धिको विकास हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ व्यक्ति सँग भेटघाट पनि हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
ज्यो.प.नारायणप्रसाद दुलाल