Aamsanchar

प्राज्ञिक विद्यार्थी परिषद्द्वारा धादिङका बाढी पहिरो प्रभावितलाई राहत वितरण

Author Image
आइतवार, भदौ १३, २०७८

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले बाढी पहिरो प्रभावित धादिङ जिल्लाका विभिन्न स्थानका एक सय परिवारलाई राहत सामाग्री वितरण गरेको छ ।परिषदले धादिङको नीलकण्ठ नगरपालिका, खनियावास गाउँपालिका, रुवीभ्याली गाउँपालिका र आमाको माया छात्राबासलाई विभिन्नप्रकारका टेन्ट, प्लास्टिक सिट, सुत्ने म्याट, अत्यावश्यकऔषधिलगायतका सामग्रीहरू हस्तान्तरण गरेको छ ।

धादिङ जिल्लामा वितरण गरिएको राहत सामग्रीमा १०० थान सुविधा सम्पन्न टेन्ट, १०० थान प्लास्टिक सिट्स, ६७० थान स्लिपिङ म्याटस वितरण गरिएको छ । उक्त राहत सामग्री भारतीय जनता र सरकारले प्राज्ञिक विद्यार्थी परिषद नेपाललाई बाढी पहिरो प्रभावित परिवारलाई वितरण गर्नकालागि उपलब्ध गराएको परिषदका राष्ट्रिय महासचिव छितराज न्यौपानेले जानकारी दिए । धादिङ लगायत सिन्धुपाल्चोक, गोरखा, मनाङ,रसुवा र दोलखा जिल्लामा वितरण गर्ने योजना रहेको परिषद्का राष्ट्रिय महासचिवन्यौपानेले जानकारी दिए ।

शनिबार धादिङवेसीमा सम्पन्नउक्त राहत सामग्री वितरण कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद नेपालका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय महासचिव छितराज न्यौपाने, राष्ट्रिय सचिवद्वय नारायण तिमिल्सिना र राधा पोख्रेल धादिङ जिल्ला प्रशासनकार्यालयका प्रशासकीयअधिकृत राममणी मिश्र , खनियाबास गाउँपालिकाकाअध्यक्ष रण बहादुर तामाङ, रुविभ्याली गाउँपालिकाका स्वास्थ्य संयोजक राज तामाङ र वडा सदस्य गमन तामाङ ,नीलकण्ठ नगर पालिकाका शिक्षा संयोजक तुलबहादुर महतको उपस्थिति रहेको थियोे ।

राहत सामग्रीहरू खनियावास गाउँपालिकाकाअध्यक्ष रणबहादुर तामाङ, रुविभ्याली गाउँपालिकाका प्रतिनिधि गमन तामाङ, राज तामाङ,नीलकण्ठ नगरपालिकाका शिक्षा संयोजक तुलबहादुर महत,आमाको माया छात्रावासका उपाध्यक्ष भरत खतिवडालाई हस्तान्तरण गरिएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 392

प्रतिक्रिया (०)

सम्बन्धित खबर