Aamsanchar

हँसिया र बाँसको लट्ठीले हानेर पत्नीद्वारा ७८ वर्षीय पतिको हत्या

Author Image
आइतवार, भदौ १३, २०७८

दाङ –तुलसीपुर उपमहानगरपालिका–३ की ५६ वर्षीया देवीकुमारी योगीले आफ्नै पति ७८ वर्षीय खिमलाल पुरीको हत्या गरेकी छन्। शनिबार राति करिब २ बजे घरायसी विवाद हुँदा देवीकुमारीले खिमलाललाई हँसिया र बाँसको लट्ठी प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए। देवीकुमारीलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ। घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 315

प्रतिक्रिया (०)

सम्बन्धित खबर