Aamsanchar

एनसेलको टावरमा तार जोड्ने क्रममा २ जना मजदुरको घटनास्थलमै मृत्यु,एक घाईते

Author Image
सोमवार, भदौ १४, २०७८

धादिङ –धादिङमा एनसेलको टावरमा तार जोड्ने क्रममा २ जना मजदुरको मृत्यु भएको छ। गजुरी गाउँपालिका वडा नम्बर ५ बञ्चरे डाँडामा एनसेलको तार जोड्ने क्रममा २ जना मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरुले तार जडानका क्रममा बिजुलीको पोलमा भर्‍याङ हालेका थिए। भर्‍याङ हाल्ने क्रममा करेन्ट लागेर २ जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा स्याङजा घर भएका विमल परियार र पोखरा घर भएका उमाकान्त बराल रहेका छन् भने घाइते हुनेमा पोखरा घर भएका भुवन बराल रहेको ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिएसपी युवराज खड्काले जानकारी दिए।

Views: 337

प्रतिक्रिया (०)

सम्बन्धित खबर