Aamsanchar

बिनादर्ता क्लिनिक सञ्चालन

Author Image
बिहिवार, कार्तिक २५, २०७३

मोरङ ।

Doctor

विराटनगरमा दुई सय ५० भन्दा बढी क्लिनिक बिनादर्ता सञ्चालन भइरहेका छन् ।  दुई सय ५० भन्दा बढी क्लिनिकमध्ये १७ वटा मात्र क्लिनिक दर्ता भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।

बहुसङ्ख्यक क्लिनिक बिनादर्ता र गैरकानुनीरुपमा सञ्चालन भएका जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रशासकीय अधिकृत हरिबहादुर खत्री स्वीकार गर्नुहुन्छ । स्वास्थ्य निर्देशिका, २०७० अनुसार सबै क्लिनिक तथा अस्पताल दर्ता गर्नुपर्ने प्रावधान छ । सो निर्देशिकाबमोजिम अस्पतालले अटेर गरेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रशासकीय अधिकृत खत्रीले भन्नुभयो, “कारबाही भने गर्न सकिन्छ तर त्यही अनुसारको प्रभावकारी कानुन बनाइनुपर्ने हुन्छ ।” उहाँका अनुसार उपभोक्ताको भन्दा पनि प्रतिस्पर्धाका आधारमा बजार मूल्य निर्धारण गरिएको बताउनुहुन्छ ।

मोरङमा दुई सरकारी र ३६ वटा निजी क्षेत्रका अस्पताल सञ्चालनमा छन् । ३६ मध्ये केही मात्र विराटनगरबाहिर भएपनि बहुसङ्ख्यक विराटनगरभित्रै छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर