Aamsanchar

सहारा साकोसको २० औं साधारण सभा २७ गते, नयाँ नेतृत्वको लागि ४ सेवा केन्द्रमा मतदान हुने

Author Image
बिहिवार, कार्तिक २५, २०७३

सहारा नेपाल साकोसले आफ्नो २०औं वार्षिक साधारणसभाको पूर्व सन्ध्यामा पत्रकार सम्मेलन गरी संस्थाको भावी नीति, कार्यक्रम, लक्ष्य एवम् सामाजिक सरोकारका विषय बारे जानकारी गराको छ ।

कार्तिक २७ गते निर्धारण गरिएको  साधारणसभामा संस्थाले हालसम्म प्राप्त गरेका वित्तीय लक्ष्य तथा प्रगतिका बारेमा छलफल गर्दै ७९ वटा योजना तथा कार्यक्रम पारित गरिने सचिव तथा कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए ।

साधारणसभामा हरेक दुई वर्षको अन्तरमा प्रदान गरिने राष्ट्रिय व्यक्तित्व सम्मान तथा पुरस्कार यो वर्ष सीएसडी नेपाल काठमाडौंका अध्यक्ष शंकरमान श्रेष्ठलाई र प्रोफेसर मोहम्मद यूनुस सहारा पुरस्कार सुन्दर दुलारी नगरपालिका १ की दुर्गा सुवेदीलाई प्रदान गरिने जनाइएको छ । राष्ट्रिय व्यक्तित्व सम्मानको राशी एक लाख रुपैयाँ र प्रोफेसर मोहम्मद यूनुस सहारा पुरस्कार ५० हजार रुपैयाँ रहेको छ ।

गएको आर्थिक वर्षमा १६ करोड ४४ लाख मुनाफा आर्जन गरी आयकर, बिमा लगायत तिरेर बचेको खुदनाफा १२ करोड ४४ लाख बाट शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश र संरक्षित पुजी कोषबाट ९ प्रतिशत गरी २४ प्रतिशत बोनस प्रदान गरिने तयारी भएको कार्यकारी प्रमुख गिरीले बताए ।

संस्थाका अध्यक्ष ताराप्रसाद संजेलको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा यो वर्ष संस्थाले नयाँ नेतृत्वको लागि चुनाव गर्ने जानकारी गराएको छ । जसअनुसार विगतमा १५ सदस्यीय कार्यसमितिमा सबै क्षेत्र, वर्ग, लिङ्गको प्रतिनिधित्व हुनेगरी विस्तार गरेर २१ सदस्य बनाउने प्रस्ताव साधारणसभामा पेस गरिने बताइएको छ ।

साधारण सभापछि हुने बन्द सत्रवाट नयाँ संचालक समिति गठन हुने छ । अधिकतम सर्वसम्वत रुपमा संचालक समिति चयन गर्ने उदेश्य संस्थाले लिएको भएपनि सर्वसम्वत हुन नसके, सहारा साकोसको दुधे, सुरुंगा,लक्ष्मीपुर र चारपाने सेवाकोन्द्रमा बुथ राखेर मतदानमा सहभागी हुने प्रतिनिधी मूलक ४ हजार ८ सय जना शेयर सदस्य लाई सहज रुपमा मतदान गर्ने वातावरण मिलाएको जनाईएकोे छ ।

binod

फोटोः विनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर