Aamsanchar

झुट्टा विवरण पेस गरी नागरिकता लिने पक्राउ

Author Image
शुक्रवार, कार्तिक २६, २०७३

इनरुवा,

33

जिल्ला प्रशासन कार्यालय सुनसरीबाट झुट्टा विवरण पेस गरी नागरिकता लिने एकजनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी मध्येहर्षाही–७ घर भई अहिले सप्तरी कटैया–४ मा बसोबास गर्दै आएका ३३ वर्षीय इन्द्रदेव भन्ने उमेशकुमार दास रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उमेशले सुनसरीको पश्चिमकुशाहा–९ वस्ने ससुरा सहदेव दास र सासू अनारदेवी दासलाई बुबाआमा बनाई नागरिकता लिएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

उमेशले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट २०६३ फागुन १० गते ०६३०४५÷ २३४५ नंको नागरिकता लिएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सप्तरीको कञ्चनपुर–५ मा लुकिछिपी बसेको अवस्थामा उमेशलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)