Aamsanchar

बिर्तामोडमा एक जना अटो चालक मृत फेला

Author Image
आइतवार, भदौ २०, २०७८

बिर्तामोड-बिर्तामोडको पुरोना भद्रपुर रोडमा डेरा गरि बस्ने एक जना अटो चालक मृत फेला परेका छन् । बिर्तामोड–४ स्थित लिटल फ्लावर्सको पूर्व गेट अगाडि कोठा भाडामा बस्दै आएका कचनकवलका भाद्र राजवंशी मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीले जानकारी दिएको छ ।

राजवंशीको शव अहिले पनि कोठा भित्रै छ, प्रहरीले भने – घटनाबारे अनुसन्धान थालिएको छ । उनको परिवारले भाद्रुको हत्या भएको प्रहरीलाई बताएका छन् । मृत फेला परेका राजवंशीको अनुहारमा चोटपटक देखिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए । प्रहरीले घटना भएको ठाउँ तत्कालका लागि सिल गरेको जनाएको छ । मृतकका छोराले कान्छा काकाले बुबाको हत्या गरेको प्रहरीलाई जानकारी दिएका छन् । छोरा सुस्त मनस्थितिका छन् । कान्छा काका फरार रहेकाले उनको खोजीमा प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 463

प्रतिक्रिया (०)

सम्बन्धित खबर