Aamsanchar

बिर्तामोडमा अटोचालकको हत्या गर्ने पक्राउ

Author Image
सोमवार, भदौ २१, २०७८

बिर्तामोड-  बिर्तामोड ४ मा डेरा गरी बस्ने अटोचालक भाद्रु राजवंशीको हत्या गर्ने कचनकवल ३ का ३७ वर्षिय रतनलाल राजवंशी पक्राउ परेका छन् । उनलाई गएराति ज्यामिरगढीबाट पक्राउ गरिएको हो । सामान्य विवादमा बिर्तामोड ४ स्थित डेरा गरी बस्ने रतनलालले आफ्नै दाजु ५० वर्षिय भाद्रु राजवंशीको शनिबार राति हत्या कुटेर हत्या गरेका थिए ।

लिटल फ्लावर्स स्कुल छेउमा खेमप्रसाद श्रेष्ठको घरमा डेरा गरी बस्ने अटो चालक रतनलाल आफू सुत्ने कोठामा हिजो बिहान मृत फेला परेका थिए । घटनापछि रतनलाल आफ्ना छोरा ९ वर्षिय श्रीमन राजवंशीलाई साइकलमा साथमा लिएर भागेका थिए । शनिवार राति १२ बजे दाजुभाइबीच सामान्य विवाद भएको थियो । उनले प्रहरीसमक्ष दाईको हत्या गरेको कुरा स्वीकार गरेको प्रहरीले जनाएको छ । मृतकका छोरा १५ वर्षिय देवनारायण राजवंशीले काकाले आफ्नो बुबाको हत्या गरेको सूचना दिएपछि प्रहरीले खोजी शुरु गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय झापा तथा ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले राति ९ बजे मेचीनगर १५ स्थित आफन्तको घरबाट रतनलाई हत्यामा प्रयोग भएको मार्तलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई इप्रका बिर्तामोडमा राखिएको र आज झापा जिल्ला अदालतबाट कर्तव्य ज्यान शिर्षकमा म्याद थप गरी आवश्यक अनुसन्धान अगाडी बढाईने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राकेश थापाले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर