Aamsanchar

तरुण दलको महाधिवेशन शनिबारदेखि

Author Image
शनिवार, कार्तिक २७, २०७३

पोखरा,

tarun dal

नेपाल तरुण दलको चौथो केन्द्रीय महाधिवेशन शनिबारदेखि यहाँ हुँदैछ ।

महाधिवेशनमा ७३ जिल्लाका एक हजार ४०० प्रतिनिधिको सहभागिता रहने छ । पोखराको चिप्लेढुङ्गास्थित मानवअधिकार चोकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।

तीन दिने सो महाधिवेशनको बन्द सत्र कात्तिक २८ गते पोखरा सभागृहमा हुनेछ । बन्द सत्रपछि कात्तिक २९ गते निर्वाचनका कार्यक्रम गरिने तरुण दल कास्कीले जनाएको छ । महाधिवेशनमा भाग लिन सबै प्रतिनिधि पोखरा आइसक्नुभएको छ । महाधिवेशन सम्पन्न गर्न २२ उपसमिति पनि गठन गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर