Aamsanchar

गोरु काटेको आरोपमा ३ जना पक्राउ

Author Image
सोमवार, भदौ २१, २०७८

गोरु काटेको आरोपमा प्रहरीले स्याङ्जाको भिरकोट नगरपालिका–८ ढापुकफेदीबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढापुकफेदी बस्ने नैन सिंह गुरुङ, हुम प्रसाद गुरुङ र खेम गुरुङ छन् । सुराकीको आधारमा प्रहरी चौकी दहथुमबाट खटिएको टोलीले उनिहरुलाई पक्राउ गरेको हो । गएराती १ बजेको समयमा गोरु काटेर भागबण्डा लगाउँदै गरेको अवस्थामा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । आरोपीहरुमाथि पशुपन्छी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 312

प्रतिक्रिया (०)

सम्बन्धित खबर