Aamsanchar

बेग्लाबेग्लै स्थानमा भएको सवारी दुर्घटनामा ५ घाइते

Author Image
शनिवार, कार्तिक २७, २०७३

विराटनगर।

1427001970_accident
पूर्वाञ्चलका बिभिन्न जिल्लाहरुमा शुक्रबार साँझ भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन्।

झापाको विर्तामोड नगरपालिका २ रामचौकमा शुक्रबार साँझ मोटरसाइकलको ठक्करबाट एक जना साइकलयात्री घाइते भएका छन्। पश्चिमबाट पूर्वतर्फ आउदै गरेको मे २ प ७०८४ नम्बरको मोटरसाइकलले ठक्कर दिएर सोही स्थान बस्ने अन्दाजी ७० वर्षिय महानन्द खनाल घाइते भएका हुन्।

खनाललाई साँझ ६ बजेतिर बाटो क्रस गर्नेक्रममा पश्चिमबाट आउदै गरेको मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट टाउको र खुट्टामा चोट लागेका खनाललाई उपचारकालागी बिर्तासिटी अस्पताल लगिएको छ।
उता ईटहरी उपमहानगरपालिका १८ मा शुक्रबार राती २१३० बजे को २१ प ४७१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने अन्दाजी २५ वर्षिय राजेश चौधरी घाइते भएका छन। चौधरीको टाउकोमा गम्भीर चोट लागेकोले उनलाई उपचारकालागी विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ।

त्यस्तै सिरहाको धनगढीमाई नगरपालिका १० लोकमार्गमा साँझ १७३० बजे पूर्वबाट पश्‍चिमतर्फ जादै गरेको स.६ प. ९९८२ नम्बर र विपरित दिशाबाट जादै गरेको बा.२० प.१३५८ नम्बरको मोटरसाइकल ठोक्किंदा सिरहा लहान नगरपालिका ३ वस्ने २८ वर्षिय सन्दिप दास, पछाडी सवार सोही नगरपालिका १ बस्ने ५० वर्षिय पार्वती देवी दास र सप्‍तरी मलहन्वा ४ बस्ने ३० वर्षिय रामानन्द चौधरी घाईते भएका छन्।

घाइते तीनै जनालाई उपचारकालागी फ्रेण्डस अस्पताल लहान लगिएकोमा रामानन्द चौधरीलाई थप उपचारका लागी न्युरो अस्पताल विराटनगर तथा सन्दिप दासलाई गोल्डेन अस्पताल विराटनगर ल्याइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर