काठमाण्डौ – इण्डोनेसियाको एउटा जेलमा आगलागी हुँदा ४१ जनाको ज्यान गएको छ । राजधानी जाकार्ताको बाहिरी क्षेत्रमा रहेको एउटा जेलमा आगो लाग्दा ४१ जनाको ज्यान गएको र अरु केही घाइते भएका बीबीसीले जनाएको छ ।
त्यहाँको बान्टेन प्रान्तको तेङ्गराङ्ग जेलको ब्लक सीमा आगो लागेको त्यहाँको प्रहरीले जनाएको छ । आगो लाग्दा त्यहाँ १ सय २२ जना कैदी थिए । ४० जना क्षमता भएको जेलमा १ सय २२ जना कैदी राखिएको थियो । उनीहरु लागु औषधको कारोबारमा दोषी पाइए पछि सजाय काटिरहेका थिए । आगलागी हुनुको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 182