रौतहट ।

रौतहटमा एक वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट, नयाँबस्तीका ४० वर्षीय हरिहर महतो रहेका छन् । घरकै आगनमा सुतिरहेकी बालिका बलात्कृत भएकी हुन् ।

बालिकालाई घरको आगनमा झोलुंगेमा छाडेर अभिभावक काममा गएकोबेला महतोले बलात्कार गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका महतोलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जिल्ला अदालत गौरबाट विहीबार सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।
Views: 170

