Aamsanchar

सभामुखले आफूहरुसँग संवाद नै गर्न नचाहेको एमालेका प्रचार विभाग प्रमुख भट्टराईको भनाई

Author Image
शनिवार, भदौ २६, २०७८

काठमाडौं –नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले आफूहरुसँग संवाद नै गर्न नचाहेको बताएका छन् । शनिबार पार्टीको स्थायी कमिटी बैठकबारे पत्रकारसँग कुराकानी गर्ने क्रममा उनले सभामुखले एमालेले उठाएको विषयमा छलफल गरेर निकास दिनुपर्ने बताए ।

पार्टी विभाजनअघि नै एमालेले आफ्ना १४ जना सांसदलाई निष्कासनको कारबाही गरेको थियो । तर सभामुख सापकोटाले उक्त कारबाहीलाई मान्यता नदिएपछि नेकपा एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ । नेता भट्टराईले सभामुखले एमालेको कुरा सुन्नै नचाहेकाले समस्या भएको बताए ।‘सभामुख संवादमा आउनै चाहनुभएन, उहाँले हाम्रो संसदीय दलको नेतासँग कुरा गर्नुपर्‍यो’ उनले भने, ‘‘एमालेको टिप्पणी सुन्नुपर्छ र उचित हल दिने जिम्मा सभामुखको हो ।’

संसदमा सभामुख सत्तापक्ष र प्रतिपक्षको बीचको भूमिका रहनुपर्ने भन्दै भट्टराईले सभामुखले एमालेप्रति गरेको व्यवहार निष्पक्ष नभएको बताए ।

Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर