

जाजरकोट – जिल्लाको बारेकोट गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। शनिबार बेलुकी पाँच बजे परेको चट्याङले बारेकोट गाउँपालिका–१ रामीडाँडाकी १६ वर्षीया सम्झना गिरीको ज्यान गएको प्रहरीले जनाएको छ।

शनिबार बेलुकी अन्दाजी ५ बजेतिर गोठालो गएको बेला रामीडाँडा चौरमा चट्याङ लागेर उनको मृत्यु भएको हो।
Views: 147

