Aamsanchar

डा. गोविन्द केसी १० औँ आमरण अनसनमा

Author Image
आइतवार, कार्तिक २८, २०७३

काठमाडौं:

govinda-kc-jpg-582856da5aaf04.20048535

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी बिशेषज्ञ प्रा.डा. गोविन्द केसीले १० औँ पटक आमरण अनसन सुरु गरेका छन् ।

आइतबार साँझ डा. केसी चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डिन वरिष्ठताका आधारमा नियुक्त हुनुपर्ने लगायतका मागसहित आमरण अनसनमा बसेका हुन् ।

यसअघि केसीले आइतबार दिउँसो २ बजेसम्म डिन नियुक्त गरिसक्नुपर्ने अल्टिमेटम दिएका थिए । आइतबार त्रिभुवन विश्वविद्यालयले डा. केशवप्रसाद सिंहलाई नियुक्त गरे पनि डा. केसीले सिंह स्वीकार्य नहुने बताएका छन् । डा. केसीले वरिष्ठताका आधारमा नियुक्त भएका डिनलाई मात्र स्वीकार गर्ने बताएका छन् ।

केसीले सरकार फेरी राजनीतिक भागबण्डाका आधारमा नियुक्तिमा लागेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले डा. जगदिशचन्द्र अग्रवाललाई डिन युक्त गर्नुपर्ने मागअघि सारेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)