Aamsanchar

एकमात्र विकल्प संविधान संशोधन – राज्यमन्त्री जबेगु

Author Image
सोमवार, कार्तिक २९, २०७३

इनरुवा,।

rajyamnatri-anugaman-ma-660x330

सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जबेगुले अहिलेको निकासको एकमात्र विकल्प संविधान संशोधन रहेको बताउनुभएको छ ।

सुनसरी सदरमुकाम इनरुवामा आज नेकपा (माओवादी केन्द्र)ले आयोजना गरेको चियापान कार्यक्रममा बोल्नुहँुदै जबेगुले सबैको मर्म, भावना र मागलाई सम्बोधन गर्नेगरी संविधान संशोधन आवश्यक रहेको बताउनुभयो ।

उहाँले अहिले सबै दलबीचको सहमति, सहकार्य र आपसी निर्णयबाट निकास खोज्नुपर्ने बेला आएको बताउनुभयो । देशमा सदियौँ पछि प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्न र सङ्घीयता तथा गणतन्त्रलाई कार्यान्वयन गर्न संविधान संशोधन जरुरी रहेको बताउनुभयो ।

उहाँले नेपालमा एकात्मक शासन प्रणलीबाट सङ्घीयतामा गएको, प्रजातन्त्रबाट गणतन्त्रमा प्रवेश गरेकाले त्यसको संस्थागत गर्नका लागि संविधान संशोधन गरी देशलाई आर्थिक क्रान्ति र विकासको गतिमा लानुपर्ने तर्क गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर