Aamsanchar

८० वर्षीया हजुरआमाको हत्या आरोपामा २१ वर्षीय नाती पक्राउ

Author Image
बिहिवार, भदौ ३१, २०७८

बझाङ – बझाङमा हजुरआमाको हत्या गरेको आरोपमा नाति पक्राउ परेका छन् । ​बझाङको दुर्गाथली गाउँपालिका ५ की ८० वर्षीया रिखी देवी जप्रेलको हत्या गरेको आरोपमा उहाँका नाति २१ वर्षीय सुवास जप्रेल पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बझाङले एउटै घरमा बस्दै आएका सुवासले हजुरआमाको हत्या गरी आँगन नजिकै शव गाडेको अनुसन्धानबाट खुल्न आएको जानकारी दिएको छ । सुवास दुर्गाथली ५ का वडाध्यक्ष रामबहादुर जप्रेलका छोरा हुन् ।

वडाध्यक्ष जप्रेलले आमाको खोजी गर्ने क्रममा घरको भित्तामा रगतको छिटा र घर नजिकै खनेको देखेपछि प्रहरीलाई खबर गर्नुभएको थियो ।

सुवासलाई भाग्दै गरेको अवस्थामा दुर्गाथली गाउँपालिका ७ को लोवादेब डाँडाबाट पक्राउ गरिएको प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक ९डीएसपी० रूपक खड्काले जानकारी दिनुभयो ।

वृद्धाले नाक र कानमा लगाएको सुनको मुन्द्रासमेत नभएका कारण सुनको मुन्द्राका लागि उहाँको हत्या भएको हुन सक्ने आशङ्का गरिएको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बझाङ ल्याउने तयारी भइरहेको डीएसपी खड्काले जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर