Aamsanchar

सरकारलाई १५ दिने अल्टिमेटम

Author Image
सोमवार, कार्तिक २९, २०७३

काठमाडौंः

prachandd

संघीय गठबन्धनले संविधान संशोधन प्रस्ताव दर्ताका लागि सरकारलाई १५ दिने अल्टिमेटम दिएको छ। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्मरण पत्र बुझाउँदै संघीय गठबन्धनले सरकारलाई संविधान संशोधनको प्रस्ताव दर्ताका लागि १५ दिनको समय दिएको हो।

संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री प्रचण्डलाई स्मरण पत्र बुझाउँदै तीन बुँदे सहमति कार्यान्वयनका लागि ध्यानाकर्षण गराएको हो। स्मरण पत्र बुझाएपछि पत्रकारहरुसँग कुराकानी गर्दै गठबन्धनका संयोजक यादवले सरकार गठनका बेला मधेसी मोर्चासँग भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए।

उनले संविधानलाई सर्वस्वीकार्य बनाउन संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्न सरकारलाई १५ दिनको समय दिएको समेत बताए। यादवले सीमाकंनको विषय टुंग्याउनका लागि आयोग गठन गर्ने प्रस्तावमा आफूहरु सहमत हुन नसक्ने बताए। यादवले प्रधानमन्त्री प्रचण्डले स्मरण पत्र बुझ्दै केही दिनभित्रैमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने आश्वासन दिएको जानकारी दिए।

गठबन्धनले प्रधानमन्त्रीलाई बुझाएको स्मरण पत्रमा नेपाली काँग्रेस र माओवादी केन्द्रले मधेसी मोर्चा र संघीय गठबन्धनसंग गरेको ३ बुँदे सहमतिमा मधेस आन्दोलन र थरुहट आन्दोलनका क्रममा मारिएकाहरुलाई सबैलाई शहीद घोषणा गर्ने, मृतक परिवारलाई क्षतिपूर्ति दिने, झुठा मुद्दा खारेजी तथा आममाफी, झुठा मुद्दामा जेल परेकाहरुलाई रिहाई गर्ने सरकारले गरेका निर्णयहरु पनि लागु नभएको भन्दै आपत्ति जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर