Aamsanchar

आफ्नै घरको ४ तलामाथिबाट हामफाल्दा मोरङमा १८ वर्षीया युवतीको मृत्यु

Author Image
आइतवार, असोज ३, २०७८

विराटनगर – विराटनगर आफ्नै घरको ४ तलामाथिबाट हामफाल्दा मोरङको सुन्दरहरैँचामा शनिबार राति एक युवतीको मृत्यु भएको छ । घरमाथिबाट हामफालेकी सुन्दरहरैँचा नगरपालिका–९ की १८ वर्षीया रुवि मुखियाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । घटनाको अनुसन्धान थालिएको श्रेष्ठले बताए ।

उनका अनुसार राति ८ः३० बजेतिर रुविले घरमाथिबाट हामफालेको खुलेको छ । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा राति ९ः४५ बजेतिर मृत्यु भएको डीएसपी श्रेष्ठले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 335

प्रतिक्रिया (०)

सम्बन्धित खबर