Aamsanchar

घरतर्फ फर्कदै गर्दा बाटोमा चिप्लिएर मोरङमा महिलाको मृत्यु

Author Image
सोमवार, असोज ४, २०७८

विराटनगर – मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा बाटो हिँड्ने क्रममा चिप्लिएर आइतबार राति एक महिलाको मृत्यु भएको छ। स्थानीय जीतकुमार राईकी श्रीमती ५६ वर्षीया गुनमाया राईको लडेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार मिक्लाजुङकै आइतबारेबाट घरतर्फ फर्कदै गर्दा राति ९ बजेतिर लडेकी गुनमायाको घटनास्थलमै मृत्यु भएको हो। घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले शव पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान सुरु गरेको डीएसपी श्रेष्ठले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर