काठमाडौं:
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की मंगलबार सर्वोच्च अदालतमा आफैँ उपस्थित भएका छन् ।
कार्कीविरुद्ध चलेको पुनरावलोकन मुद्धामा हुलहुज्जत गर्दै म्याद बुझ्न अस्वीकार गरेको दाबीसहित अधिवक्ता ओमप्रकाश अर्यालले दिएको पुरक निवेदनमा सात दिनभित्र उपस्थित हुन सर्वोच्चले आदेश दिएको थियो ।
सोही आदेश अनुसार कार्की मंगलबार लिखित जवाफसहित अदालतमा उपस्थित भएका हुन् । कार्कीले लिखित जवाफमा आफूले न्यायपालिकाप्रति उच्च सम्मान गर्ने गरेको बताउदै विदेश भ्रमणमा रहेका कारण काबु बाहिरको परिस्थितिमा म्याद बुझ्न असमर्थम भएको जनाएका छन् ।
उनले निवेदक अर्यालले प्रायोजित रुपमा गलत मनसायका साथ आफूविरुद्ध निवेदन दिएको दाबी समेत गरेका छन् । सर्वोच्चले पुनरावलोकन र उक्त निवेदन उपर मंसिर १६ गते सुनुवाई गर्दै छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 137