Aamsanchar

सर्प संरक्षणमा नागरिक सचेत बन्दै

Author Image
मङ्गलवार, असोज १२, २०७८

बिर्तामोड । झापामा विगत ५ बर्ष देखि अर्जुनधारा–५ चारपानेका श्यामकुमार प्रधान र बिर्तामोडका बीरेन्द्र तिवारीले व्यक्तिगत रुपमा सर्प संरक्षण अभियानमा सक्रिय रुपमा लागेका छन् ।  गाउँ घरमा सर्प मार्ने चलन थियो, प्रधान र तिवारीले सर्प मार्नु हुदैन पर्स भनेको मानवको लागि नभई नहुने प्राणी हो पर्यावरण शुद्ध गर्नेकाम सर्पले गर्ने गर्छ भनेर जनचेतना फैलाउने पनि काम गर्दै आएका छन् ।

मंगलबार झापाको अर्जुनधारा–५ लक्ष्मीपुर स्थित गोपी उप्रेतीको घरमा रातको ११ बजेको समयमा गोमन सर्प देखा पर्यो, उप्रेतीले सर्प संरक्षण अभियनमा लागेका श्यामकुमार प्रधानलाई सर्प समाउन आउन  भनेर फोन गरे तर प्रधान काठमाडौंमा भएको कारण आउन नसक्ने जवाफ पाए पछि उप्रेती दुविधामा परे, सर्पलाई के गरौं, छोडौं राती डस्ला की, मारौं मानव स्वास्थ्यको लागि पर्यावरण शुद्ध पार्ने काम गर्छ, समाउ भने समाउने आट र तरिका जानेको छैन ।

सर्प भेटिए पछि छरछिमेकहरु पनि भेला भए कसैले मार्ने सल्लाह दिए, कसैले मार्नु हुदैन भन्ने तर्क राखे, भेला भएकाहरुको कुरा र प्रधानले सर्प समाएर सर्पकोबारेमा जानकारी मुलक भिडियो हेरेका उप्रेतीले सर्प नमार्ने निर्णमा पुगे, उनले पनि सर्प समाएर जंगलमा छोड्ने निधो गरे, सर्पलाई बोरामा हाल्ने प्रयास र जुक्तिहरु गरे, फलस्वरुप बोरामा सर्पलाई पसाउन सफल भए, बोरामा सर्प पसेपछि बोराको मुख बाधेर रात भरी घरमै राखेर विहान छिमेकी अमन रेग्मीको सहयोगमा जंगल तर्फ घोचोमा बाधेको सर्प काधमा बोकेर मोटरसाईलमा जादै गरेका उप्रेतीले भने सर्प समाउन सकिने रहेछ । तर धेरै होशियार बन्नु पर्छ । सर्प बचाउन सकियो भने मात्र मानिस बाच्ने रहेछन, कसैले पनि सर्प नमारौं, यो चेतना अरु तिर पनि फैलियोस् भन्दै आमसंचार कर्मी  संग गरेको कुराकानीमा आधारित ।

धर्मदेखि औषधिसम्म यसरी उपयोगी बनेको छ सर्प
भगवान् विष्णु शेषनागको शय्यामा सुत्ने र भगवान् शिवले नागमाला लगाउने पौराणिक आख्यान छ। साथै समुद्र मन्थन गर्दा वासुकीनागको नेती बनाइएको कथा पनि पुराणहरूमा पाइन्छ।
प्रकृतिमा सर्पको विशेष महत्त्व रहेको आधुनिक वैज्ञानिकहरूले औँल्याएका छन्।

नेपालमा ८० प्रजाति
संसारभरि पाँच हजारभन्दा बढी प्रजातिका सर्पहरू छन्। नेपालमा अहिलेसम्म ८० प्रजातिका सर्पहरू फेला परेका छन्। तर पर्याप्त अध्ययन भए नेपालमा पाइने सर्पका प्रजाति लगभग डेढ सय पुग्न सक्छ। सर्पले पर्यावरणचक्रलाई सन्तुलित बनाउन महत्त्वपूर्ण भूमिका खेल्छन्। अनि मान्छेको ज्यान जोगाउने महत्त्वपूर्ण औषधिहरू पनि सर्पको विषबाट बन्छन्।

आहाराचक्रको सन्तुलन
सर्पका कारण प्रकृतिलाई फाइदा छ, त्यो भनेको मानिसलाई पनि फाइदा हो। अहिलेसम्म कुनै पनि शाकाहारी सर्प छैनन्। यिनीहरूले अरू जीवजन्तुलाई जिउँदै मारेर खाने गर्छन्। प्रकृतिमा चाहिनेभन्दा बढी हुने कतिपय जीवजन्तुको सङ्ख्या घटाउन सर्पले भूमिका खेल्छन्। उदाहरणका लागि मानिसहरूले बारीमा लगाएको अन्न वा घरमा भण्डारण गरेको अन्न वा फलफूलको ठूलो भाग नाश गर्ने मुसा।

सर्प
वैज्ञानिकहरूले ५० प्रतिशतसम्म अन्न मुसाका कारण नष्ट हुने आकलन गरेका छन्। एक वर्षमा एक जोडी मुसाबाट १५ सय मुसा जन्मिन्छन्। मुसाको नियन्त्रणमा सर्पले धेरै ठूलो भूमिका खेलेको हुन्छ। धेरै सर्पको मुख्य आहारा मुसा हो। दुलोबाहिर रहेका मुसालाई मानिसले मार्न सक्लान् तर सर्पले दुलोभित्र पसेर खोजी खोजी मुसाहरू मार्छ।
सर्पको आहारा सर्प
सानोमा भ्यागुतादेखि लिएर ठूलोमा बँदेल र चित्तलसम्मलाई अजिङ्गर सर्पले खाने गर्छन्। सर्पले नखाने जीव नै छैन। सर्पले सर्प नै खाने पनि हुन्छ। राजगोमन भन्ने सर्पको मुख्य आहारा नै सर्प हो। काठमाण्डूमा नै आठ-नौ ठाउँमा राजगोमन देखिइसकेको छ।

आधुनिक उपचारमा सर्पको विष
हाम्रो आधुनिक उपचारपद्धतिमा पनि विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेका र थोरैमात्रै नकारात्मक प्रभाव पार्ने अचूक औषधिहरू सर्पबाट बन्छन्। सर्पदंशकै उपचारमा प्रयोग हुने एन्टी(स्नेक भेनम पनि सर्पको विषबाट बनाइन्छ।
क्यान्सर भएका बिरामीको दुखाइ कम गर्ने औषधि सर्पको विषबाट बन्छ । पहिला मोर्फिन भन्ने अफिमबाट बनेको औषधि क्यान्सर र ट्यूमरबाट हुने दुखाइ कम गर्न प्रयोग गरिन्थ्यो। त्यो दम भएको बिरामीलाई दिनुहुँदैन। अहिले गोमन सर्पको विषबाट कोब्रोक्सिन भन्ने औषधि बनेको छ। त्यसले दुखाइ कम गर्छ।
शरीरबाट रगत बाहिर निस्कँदा वा शरीरमा रगत जम्दा उपचारमा प्रयोग गरिने ओखती पनि सर्पको विषबाट बन्छ।

परम्परागत उपचारमा सर्पको प्रयोग
हाम्रो परम्परागत आयुर्वेदिक र होमियोपेथिक उपचारपद्धतिमा सर्पका विभिन्न अङ्गहरूको विशेष महत्त्व छ। सर्पको बोसो, काँचुली र रगत अनि विषसमेत आयुर्वेदिक औषधि बनाउन प्रयोग हुन्छ ।

विषबाट हैजा नियन्त्रण गर्ने औषधि बनाइन्छ। गाउँघरतिर सर्पका विभिन्न अङ्गहरूबाट २० देखि २२ वटा औषधि बनाएको थाहा छ। बाली पाक्दै गरेको खेतमा काँचुली जलायो भन्ने बालीमा रोग लाग्दैन भन्ने विश्वास पाइन्छ। हैजा भएको गाईबस्तुको गोठमा काँचुली बाल्यो भने अरू जनवारहरूलाई त्यो सर्दैन भन्ने मान्यता छ। बूढापाकाले पुराना ग्रन्थहरूको बीचमा सर्पको काँचुलीको टुक्रा राख्ने गर्थे त्यसका कारण कीरा लाग्दैन भन्ने विश्वास हो। यी वैज्ञानिक रूपमा प्रमाणित भएको कुरा भने होइन।

वैज्ञानिक अनुसन्धानमा महत्त्व
प्रयोगशालामा सर्पलाई पाल्न एकदमै सजिलो छ। यिनीहरूले धेरै ठाउँ पनि ओगट्दैनन् र दैनिक आहारा पनि खुवाउनुपर्दैन। एक चोटि खुवाएपछि १५ दिनदेखि एक महिनासम्म खुवाउनुपर्दैन। त्यसैले विभिन्न अनुसन्धानका लागि प्रयोगशालामा सर्पहरूको ठूलो प्रयोग हुन्छ।

आम्दानीको स्रोत
सर्पको छालाको रङ्ग र त्यसमा रहेका बुट्टाहरूको पनि ठूलो महत्त्व छ। जापानसहित कतिपय देशमा पोसाक डिजाइनरहरूले ती रङ्ग र चित्रलाई सन्दर्भ सामग्रीको रूपमा प्रयोग गर्छन्। विगतमा सपेराहरूले सर्प प्रदर्शन गर्दै आयआर्जनका पनि गर्थे। उनीहरूले सर्प पाल्थे र ठाउँठाउँमा लगेर घुमाउँथे। अहिले नियमकानुनले गरेर त्यसो गर्न मिल्दैन तर सर्प पालेर अनुसन्धानमा प्रयोग गर्ने कामहरू भएका देखिन्छन्। त्यसले पनि कतिपय मानिसहरूलाई रोजगारी दिएको छ । श्रोत : बीबीसी

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 404

प्रतिक्रिया (०)

सम्बन्धित खबर