Aamsanchar

झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, साइकल यात्री सामान्य घाईते

Author Image
आइतवार, असोज १७, २०७८

झापा – मोटरसाइकल दुर्घटनामा परी झापामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका(११ निवासी ३५ वर्षीय लक्ष्मी भण्डारी भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। प्रहरीका अनुसार शनिबार साँझ पूर्व-पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी-११ स्थित शिव चोकमा उत्तरबाट दक्षिणतर्फ बाटो काट्ने क्रममा साइकल यात्रीलाई सोही दिशातर्फ जाँदै गरेको प्र-१-०१-०१२प७८१९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटनामा परी साइकल यात्री शिवसताक्षी-११ निवासी ५५ वर्षीय रामचन्द्र कटेललाई सामान्य चोट लागेको थियो।

दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी-७ निवासी २५ वर्षीय सुवास भण्डारी सामान्य चोट लागेको र सोही मोटरसाइकल पछाडि सवार भण्डारी गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते भएका भण्डारीको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचारको क्रममा आइतबार बिहान साढे ६ बजे मृत्यु भएको डिएसपी थापाले बताए। 

Views: 262

प्रतिक्रिया (०)

सम्बन्धित खबर