Aamsanchar

इटलीमा विमान दुर्घटना हुँदा ८ जनाको मृत्यु

Author Image
सोमवार, असोज १८, २०७८

काठमाण्डाै – इटलीमा विमान दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । इटलीको उत्तरी सहर मिलानमा रहेको खाली कार्यालय भवनमा ठोक्किएर विमान दुर्घटना हुँदा विमानमा रहेका आठै  जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

मिलानको लिनाते विमानस्थलबाट सार्दिनिया आइल्यान्डका लागि उडान भरेको विमान दुर्घटनामा परेको हो । दुर्घटनामा पाइलटसहित उनकी श्रीमती र छोराको पनि ज्यान गएको त्यहाँका सञ्चारमाध्यमले उल्लेख गरेका छन् । विमान ठोक्किएपछि भवन तथा तल रहेका कारमा आगलागी भएको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । 

Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर