Aamsanchar

मोरङमा महिलामाथि आक्रमण गरेर सुनका गहना लुटपाट

Author Image
बिहिवार, असोज २१, २०७८

विराटनगर- मोरङको पथरीशनिश्चरेमा वृद्धा महिलामाथि आक्रमण र लुटपाट गरिएको छ। आक्रमण गरेर घाइते बनाउँदै पथरीशनिश्चरे नगरपालिका–३ ढकाल चोककी ७५ वर्षीया हर्कमाया दंगाल लगाएका सुनका गहना लुटपाट गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। 

घरबाट लगभग २ सय मिटर पर गाईवस्तुलाई घाँस र पानी दिन गएकी वृद्धालाई परिवारका सदस्य तथा स्थानीयले बेहोस भएर लडिरहेको अवस्थामा बुधबार दिउँसो ४:३० बजेतिर भेट्टाएका थिए। घटनाका बारेमा जानकारी आउनसाथ घटनास्थलमा पुगेको प्रहरीले उद्धार गर्दै उनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याएको छ। 

उनीमाथि आक्रमण र लुटपाट गर्नेको पहिचान हुन नसकिरहेको र खोजी सुरु गर्दै घटनाको अनुसन्धान तीव्र बनाइएको डीएसपी श्रेष्ठले बताए। उनले भने, ‘घरदेखि नजिकै वृद्धा महिलामाथि आक्रमण र लुटपाट भएको खुलेको छ। कुटपिट गर्दै अचेत बनाएपछि कान र नाकमा लगाएका १ तोल बराबरका सुनका गहना पनि लगिएको रहेछ।’

वृद्धा महिला बोल्नसक्ने अवस्थामा छैनन्। आक्रमणबाट आँखा, नाक, मुख र अनुहारमा चोट लागेको छ। प्रहरीका अनुसार उपचारमा संलग्न चिकित्सकले सीटी स्क्यान गरेर हेर्दा टाउकोमा रगत जमेको पत्ता लगाएका छन्। घटनामा संलग्न भएको आशंकामा प्रहरीले केही व्यक्तिहरुमाथि निगरानी बढाएको छ। 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 339

प्रतिक्रिया (०)

सम्बन्धित खबर