Aamsanchar

विश्रान्तिमा रहेका वृद्धवृद्धालाई झापालीको सहयोग

Author Image
बिहिवार, असोज २१, २०७८

झापा । झापामा रहेको लायन्स क्लव अफ बिर्तामोड लेडी र लोयो क्लवले धनकुट्टामा रहेका वृद्ध–वृद्धालाई सहयोग गरेको छ ।

धनकुट्टास्थित विश्रान्ति मन्दिरमा रहेका २२ जना महिला र १८ जना पुरुषलाई लत्ताकपडा सहित खाद्यन्य सहयोग गरिएको हो ।

मन्दिरमा आश्रित २२ जना महिलाका लागि बिर्तामोड – ५ निवासी आरती लिम्बू श्रेष्ठले साडी, पच्छ्यौरी, १८ जना पुरुषलाई दौरा सुरुवाल प्रदान गरेकी थिइन् । आफ्ना पितृहरुको स्मृतिमा श्रेष्ठले हरेक वर्ष आश्रममा रहेका वृद्धवृद्धालाई सहयोग पु¥याउँदै अँएकी छिन् । यस वर्ष धनकुट्टाको मूलघाटमा रहेको आश्रममा आश्रितलाई सहयोग गरेकी ह्न् ।

लायन्स क्लव अफ बिर्तामोड लेडी र लोयो क्लवले आयोजना गरेको कार्यक्रममा श्रेष्ठले सहयोग गर्दै आगामी दिनमा पनि दिन दुःखीको सेवामा लागिरहने बताएकी छिन् । श्रेष्ठले आफ्ना वुवा धनवहादुरु लिम्बू, आमा पञ्चमणि लिम्बू र काका धनकेशर लिम्बूको स्मृतिमा सहयोग गरेकी थिइन् ।

टिका मैनाली र हेलन श्रेष्ठको जन्मोत्सवका अवसरमा लायन्यसले त्यहाँ आश्रित वृद्धवृद्धालाई खाद्यन्य सहयोग गरेका थिए ।

लायन्स क्लवकी अध्यक्ष दुर्गा थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा इन्द्रकला लिम्बू, शारदा खड्काले समेत पितृको स्मृतिमा खाद्यन्य सहयोग गरेको बताइएको छ ।

कार्यक्रममा लायन्सका डिष्ट्रिक गर्भनर रेवत कार्की, जोन चियर पर्सन उर्मिला खरेल विमली, लायन्स लिडर धिरज गुरुङ, टीका गुरुङ र रेखा गुरुङको आतिथ्य रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 239

प्रतिक्रिया (०)