Aamsanchar

नेपाल भारत सिमाबाट अपहरणमा परेका बालकको उद्धार

Author Image
शुक्रवार, असोज २२, २०७८

सुनसरीको कोशी गाउँपालिका–७ स्थित नेपाल भारत सिमाबाट अपहरणमा परेका बालकको उद्धार गरिएको छ । बिहिबार स्थानिय १३ वर्षीय दिपेन सदा अपहरणमा परेका थिए । सिमानाबाट करिब ३५ किलोमिटर पर भारतको सुपौला जिल्ला स्थित बलबदैपुरबाट उनको उद्धार गरिएको सुनसरीका एसपी सन्जयसिंह थापाले बताए । एसपी थापाले भने–‘भारतिय प्रहरीको सहयोगमा बालकलाई सकुशल उद्धार गरेर नेपाल ल्याएका छौं ।’

भारतिय नागरिक मुकुम मियाँ समेतले उनको अपहरण गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । मुकुम नेपालबाट भारततर्फ मजदुरी गर्ने कामदार लैजाने ठेकेदार हुन् । २० जना कामदार उपलब्ध गराउँछौँ भनेर कोशी गाउँपालिकका भुल्टन सदा लगायत ५ जनाले अग्रिम २ लाख पैसा लिएको तर, कामदार नपठाएको झोँकमा बालक अपहरण गरेको अनुसन्धानबाट खुलेको छ ।

बालकको परिवारसँग कुनै लेनदेन नभएको तर, अपहरणपछि बालकका बुवा गणेशजी सदा मार्फत भुल्टन सदासँग फोनमा कुरा गरेर पैसा मागेको एसपी थापाले बताए । कोशी गाउँपालिकाका मुसहर समुदायका मानिस भारतमा मजदुरी गर्न जाने गरेका छन् । मुकुम मजदुर संकलक हुन् । भुल्टन सदाले चाहिँ आफुले मुकुमलाई पैसा तिर्न बाँकी नरहेको जिकिर गरेका छन् । बालकलाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर