Aamsanchar

ओली विच्किदा प्रचण्डलाई फसाद

Author Image
आइतवार, मंसिर ५, २०७३

काठमाडौं ।

oli-prachanda-serious-look
संविधान सशोधन प्रस्तावप्रति लचक देखिएका प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले पुरानै अडान दोहोर्उदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फसाद परेको छ ।

प्रमुख तीन दलबीच भएको छलफल सकारात्मक भएपछि निकै उत्साहित भएका प्रचण्ड ओलीको अभिव्यक्तिको कारण पुनः तनाबमा परेका छन् ।

प्रचण्डसँग ओलीले सरकारले संविधान संशोधनको औचित्य पुष्टि गर्नुपर्ने अडान राखेको थिए । प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चाको माग सम्बोधन नहुँदासम्म संविधान कार्यान्वयन नहुने भएकाले संविधान संशोधन गर्नुको विकल्प नरहेको स्पष्ट पारेका थिए ।

मोर्चाको अवरोधको कारण स्थानीय निकायको पुर्नसंरचनाको काम मधेसमा हुन सकेको छैन् । तीन दलको बैठकमा ओलीले संविधान कार्यान्वयन गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेकाले सबैको सहमति मात्र संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका थिए । प्रचण्डले मौखिक रुपमा संविधान संशोधन गर्न लागेको विषयमा जानकारी गराए लगत्तै मधेस झरेको ओलीले सीमाकंन हेरफेर गर्न नसकिने पुरानै अडान दोहोर्याएका छन् ।

प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनको सीमाकंनमा तीन विकल्प पेश गरेका थिए । तीन विकल्पमा पाँच नम्बर प्रदेश टुक्रयाउन सकिने विकल्पमा छलफल सुरु नहुदै एमाले अध्यक्ष ओलीले पाँच नम्बर प्रदेश कुनै पनि हालतमा टुक्रयाउन नदिने अभिव्यक्ति दिएका छन् ।

मधेसी मोर्चाले सात प्रदेशका नभई दस प्रदेश माग गरिरहेको बेला एमालेले भने सात प्रदेशबाट दायाँबायाँ गर्न नसकिने अडान अगाडि सारेको छ । प्रमुख तीन दलबीच आगामी सोमवार संविधान संशोधनको बारेमा छलफल हुने भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर