Aamsanchar

पति-पत्नीबीच कुटपिट हुँदा पतिको मृत्यु

Author Image
सोमवार, कार्तिक १, २०७८

तेह्रथुम- तेह्रथुमको छथर गाउँपालिका-३ ज्यामिरेमा पति-पत्नीबीच कुटपिट हुँदा पतिको मृत्यु भएको छ। ५४ वर्षीय गोविन्दबहादुर लिम्बू र उनकी पत्नी ५२ वर्षीया भक्तकुमारीबीच आइतबार राति  कुटपिट भएको थियो। कुटपिट हुँदा गोविन्दको टाउकोमा गम्भीर चोट लागेको थियो।

घाइते गोविन्दको उपचारका क्रममा छथर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। भक्तकुमारी पनि गम्भीर रहेकाले थप उपचारका लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर