Aamsanchar

करेन्ट लागेर सप्तरीमा एकै परिवारका ४ जना गम्भिर घाइते

Author Image
बिहिवार, कार्तिक ४, २०७८

सप्तरी – सप्तरीमा करेन्ट लागेर एकै परिवारका चार जना घाइते भएका छन् । सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर ६ मा बिहीबार बिहान करेन्ट लाग्दा एकै परिवारका चार जना घाइते भएका हुन् ।

आफ्नै घरको छतमा झुण्डिएको होडिङ बोर्ड हावाले झरेर नजिकै रहेको ११ हजार भोल्टको विद्युतीय तारमा ठोक्किएको थियो । त्यो होडिङ बोर्ड हटाउने क्रममा ४० वर्षीय शिव नारायण साहलाई करेन्ट लागेको थियो ।

साहलाई करेन्ट लागेपछि छुटाउन जाँदा उनकी ३५ वर्षीया पत्नी संतोसी साह, ३८ वर्षीया भाउजु राजकुमारी साह र भतिजो १८ वर्षीय रक्षित साहलाई पनि करेन्ट लागेको पारिवारिक स्रोतले जनाएको छ । करेन्ट लागेर सिकिस्त भएका चारै जनाको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर