Aamsanchar

देवीप्रसाद भट्टराईको स्मृतिमा ५५ नेत्रहिन परिवारलाई खाद्यन्न सहयोग

Author Image
शुक्रवार, कार्तिक ५, २०७८

बिर्तामोड । झापा बिर्तामोडका व्यवसायी निर्मल भट्टराईले स्व. पिता देवीप्रसाद भट्टराईको बार्षिक पुण्य तिथिको अवसरमा झापा नेत्रहिन संघका ५५ परिवारलाई खाद्यन्न सहयोग गरेका छन् ।

अलैची व्यवसायी महासंघका पूर्व अध्यक्षसमेत रहेका भट्टराईले पिता देवीप्रसादको पुण्य तिथिमा झापाका दृष्टिविहिन ५५ परिवारलाई शुक्रवार खाद्यन्न सहयोग गरेका हुन् ।

भट्टराईले २५ केजी चामल, एककेजी दाल, एक केजी नुन, एक लिटर खानेतेल तथा उनीहरुललाई यातायात खर्च समेत प्रदान गरेका थिए । नेत्रहिन संघ झापाकी अध्यक्ष यशोदा बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्व. देवीप्रसादकी श्रीमती माया भट्टराईको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा निर्मल भट्टराईले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने नेत्रहिन संघका झापा उपाध्यक्ष होमनाथ राजवंशीले स्वागत गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, नेत्रहिनका सल्लाहकार संयोजक द्रोणचार्य निरौला, स्व. देवीप्रसादका दाजु सत्यनाथ भट्टराईलगायतले भट्टराई परिवारले गरेको कार्यको प्रशंसा गरेका थिए । कार्यक्रमको सञ्चालन संघका सचिव भोजराज तामाङले गरेका थिए ।

स्वर्गीय देवीप्रसाद भट्टराई ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 288

प्रतिक्रिया (०)

सम्बन्धित खबर