Aamsanchar

एकका लागि एक अभियानद्वारा ६० परिवारलाई राहत

Author Image
शनिवार, कार्तिक ६, २०७८

झापा । एकाका लागि एक अभियानले झापाका बाढी प्रभाबित ६० परिवारलाई राहत बितरण गरेको छ ।

रतुवाखोलाका कारण दमक नगरपालिकाको वडा नम्वर – ७ मा प्रभावित बनेका २० परिवार, माई खोलाका कारण विस्थापित बनेका गौरीगञ्ज गाउँपालिका वडा नम्वर १ टप्पुका ४० परिवारलाई राहत बितरण गरिएको हो ।

अभियानले प्रति परिवार २५ केजी चामल, एक लिटर तेल , एक केजी दाल, एक केजी नून, दुई केजी चिउरा, एक प्याकेट दालमोट, ४ केजी आलू, १० प्याकेट चाउचाउ सहित व्लाङ्केट, म्याट, बेडकभर, झुल,त्रिपाल , भाडा र कराई एक/एक थान, तीन/ तीन थान, गिलास र वटुका, डाडू र पुनिउ एक÷एक थान, वाल्टी एक थान र जग एक थान प्रदान गरिएको थियो । प्रति परिवारलाई ६ हजार रुपैयाँका दरले सहयोग सामग्री बितरण गरिएको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा पालिकाबाट एकद्वार प्रणाली अन्तरगत बाढी प्रभावित परिवारलाई राहत बितरण गरिएको हो । दमक ७ मा वडाअध्यक्ष भीम पौडेल र गौरीगञ्जमा पालिका अध्यक्ष बावुराजा श्रेष्ठ, उपाध्यक्ष दीपेन्द्र कटुवालले सहजीकरण गरेका थिए ।

राहत बितरण कार्यक्रममा अभियानका संयोजक महेन्द्रकुमार गिरी, अभियन्ताहरु लीला चिमरिया, गजेन्द्रवहादुर पौडेल, अर्जुनकुमार चुडाल, प्रमुम जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, प्रहरी उपरीक्षक सानुराम भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

समुदाय स्तरबाट गत बर्ष स्थापना भएको एकका लागि एक अभियानले कोरोना कहरका कारण रोजगारी मुमाउन पुगेका हजारौं परिवारलाई खाद्यन्न सहयोग, पिसिआर ल्याव स्थापना, प्लाज्मा बैंक स्थापना गरेको थियो भने यस बर्ष अक्सिजन बैंक स्थापना गरेर मानविय सेवाको काम गर्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 6

प्रतिक्रिया (०)