Aamsanchar

इन्डोनेसियाका प्रथम राष्ट्रपतिकी छोरी धर्म परिवर्त गरेर हिन्दू बनिन्

Author Image
बुधवार, कार्तिक १०, २०७८

काठमाडौं –  इन्डोनेसियाका प्रथम  राष्ट्रपति सुकार्नोकी छोरी सुकमावती सुकार्नोपुत्रीले​ धर्म परिवर्तन गरेर हिन्दू बनेकी छिन्। उनले  मुस्लिम धर्म त्यागेकी हुन्।

मंगलवार राजधानी बालीस्थित सुकार्नो सेन्टर हेरिटेजमा आयोजित एक कार्यक्रमबीच कर्मकाण्ड गरी उनी हिन्दू धर्म अँगालेकी हुन्। उनलाई हिन्दू बन्न तत्कालीन हजुरआमा इडा आयु नोम्यान राई स्रिम्बेनको मुख्य प्रभाव रहेको सीएनएनले जनाएको छ।

सुकमावतीलाई हिन्दू धर्मबारे पर्याप्त ज्ञान भएको उनका वकिलले बताएका छन्। उनी हिन्दू धर्मका आदर्श र सिद्धान्तबारे पनि उत्तिकै सचेत रहेको बताइन्छ। सुकार्ने इन्डोनेशियाको पहिलो राष्ट्रपति बनेका थिए। उनी सन् १९४५ देखि १९६७ सम्म इन्डोनेशियाको राष्ट्रपति बनेका थिए।

Views: 83

प्रतिक्रिया (०)

सम्बन्धित खबर