Aamsanchar

कालिकाद्वारा आधारभूत उद्घोषण तालिम

Author Image
शनिवार, कार्तिक १३, २०७८


बिर्तामोड । कालिका नेपाल बिर्तामोड –१ झापाको आयोजनामा सञ्चालित तीन दिवशिय आधारभूत उद्घोषण तालिम सम्पन्न भएको छ ।
बिर्तामोड –३ स्थित आदर्श स्कूल अफ म्यानेजमेन्टमा धौलागिरी –पारिजात बहुउद्धेशिय सहकारी संस्था बिर्तामोड –४ को प्राविधिक सहयोगमा भएको तालिममा कालिका नेपाल महिला विभागमा आवद्ध महिलाहरुको सहभागिता रहेको थियो । तालिममा सहभागिलाई पत्रकार तुलसीप्रसाद निरौलाले प्रशिक्षण प्रदान गरेका थिए ।

कालिका नेपालका अध्यक्ष भक्तबहादुर कार्कीको अध्यक्षता तथा धौलागिरी –पारिजात बहुउद्धेशिय सहकारी संस्थाका व्यवस्थापक राजेश दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महिला विभाग सदस्य कविता ढुंगेल आचार्यले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा कालिका नेपालका संस्थापक अध्यक्ष तुलसीराम खरेल ,प्रशिक्षक बिर्ताज्योति साप्ताहिकका सम्पादक ÷प्रकाशक तुलसीप्रसाद निरौला, लेखा परिक्षक खीवलाल अधिकारी, कालिका मार्ग टोल विकास संस्थाका अध्यक्ष मनोज गिरी , इन्भेन्चर किण्डर होमका सञ्चालक अमृत वस्नेत, शान्ति टोल विकास संस्थाका सचिव दिनेश ओझालगायतले तालिममा सिकेको सिप व्यवहारमा उर्तान सहभागिलाई आग्रह गरेका थिए ।

कार्यक्रममा तालिममा सहभागि संस्थाकी संस्कृति विभाग उपाध्यक्ष शीला खरेल , रीता भूर्तेल, मन्जु बुढाथोकीलगायतले तालिम फलदायी रहेको बताएका थिए ।

प्रमुख अतिथि आचार्य , कालिका नेपालका संस्थापक अध्यक्ष खरेल , अध्यक्ष कार्की , सचिव मनोज घिमिरे, सदस्यहरु रामकुमार नेपाल, डिल्लीराम खरेल , लेखा परिक्षक अधिकारी, कालिका मार्ग टोल विकास संस्थाका अध्यक्ष गिरी , इन्भेन्चर किण्डर होमका सञ्चालक वस्नेत, शान्ति टोल विकास संस्थाका सचिव ओझालगायतले तालिममा सहभागिलाई प्रमाण पत्र प्रदान गरेका थिए ।

कालिका नेपाल महिला विभागकी अध्यक्ष देवका अधिकारी अर्यालले औचित्यमाथी प्रकाश पारेको कार्यक्रममा सुविज्ञा पराजुली पौडेलले धन्यवाद ज्ञापन गरेकी थिइन् । गोर्खा मिनरल वाटर प्रालिले खानेपानी सौजन्य गरेको कार्यक्रमको सञ्चालन कालिका नेपाल महिला विभागकी सचिव पूजा काफ्ले खरेलले गरेकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 332

प्रतिक्रिया (०)