Aamsanchar

लुम्बिनी प्रदेशका छुट्टाछुट्टै ठाउँबाट जुवा खेलिरहेको अवस्थामा २९ जना पक्राउ

Author Image
सोमवार, कार्तिक १५, २०७८

लुम्बिनी प्रदेशका छुट्टाछुट्टै ठाउँबाट जुवा खेलेको आरोपमा २९ जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङ र बर्दिया जिल्लाबाट २९ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घोराही उपमहानगरपालिका–१४ रझेना बस्ने २५ वर्षीय यज्ञ खड्काको घरमा कौडा खेलिरहेको अवस्थामा २० जनालाई प्रहरीले पक्राउ गरेको छ । यस्तै बर्दियाको गुलरिया नगरपालिकामा ९ जनालाइ पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका–१४ रझेना बस्ने २५ वर्षीय यज्ञ खड्काको घरबाट जुवा खेल्दै गरेका रोल्पा जिल्लाको रून्टीगढी गाउँपालिका बस्ने ४३ वर्षीय रूपलाल बिकलगायत २० जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ४ लाख ६४ हजार ८ सय ८१ रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको छ । यस्तै गुलरिया नगरपालिका–७ गुलरियागाउँ बस्ने रमेश यादवको घरमा तास अवस्था ९ जनालाई पक्राउ गरेको छ ।जुवा खेलिरहेको अवस्थामा स्थानीय ४३ वर्षीय रमेश यादव लगायत ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नगद १ लाख ९८ हजार ५ सय ५ रुपैयाँ र तास बरामद भएको छ । यस सम्बन्धमा थप कानुनी प्रकृया शुरु भएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 425

प्रतिक्रिया (०)

सम्बन्धित खबर