

इटहरी । नेपाल रेडक्रस सोसाइटीले इटहरी उपमहानगरपालिकाका वाढि पीडित महिला तथा किशोरीका लागि राहत उपलब्ध गराएको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापाले उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमलाई ती समाग्री हस्तान्तरण गरेका छन् ।

सामग्राीहरुमा मर्यादा किट २० कार्टुन,किशोरी किट १२ कार्टुन र ६० वटा तारपोलिन हस्तान्तरण गरिएको हो ।

उपप्रमुख गौतमले संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष र नेपाल रेडक्रस सोसाइटीलाई विपदका वेला गरेको सहयोग प्रति लागि धन्यवाद ज्ञापन गरेकी थिइन । रेडक्रम सुनसरी सभापति उमेश थापाले रेडक्रस मानवीय सेवाका लागि सदैव तत्पर रहेको बताए ।

Views: 280

