सुरुङ्गा ।
पूर्वपश्चिम राजमार्गअन्र्तगत झापाको कन्काई नगरपालिका–१ मा आज अपराह्न कारको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १५ च ३३८३ नम्बरको कारले बाटो काट्ने क्रममा साइकलयात्रीलाई ठक्कर दिँदा कन्काइ नगरपालिका–२ का ५२ वर्षीय सूर्य उप्रेतीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
कारको ठक्करबाट गम्भीर घाइते भएका उप्रेतीको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा अपराह्न ३ बजे मृत्यु भएको बताइएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 152