Aamsanchar

उर्लाबारीका मारवाडी युवा सामाजिक चर्चामा

Author Image
आइतवार, कार्तिक २८, २०७८

उर्लाबारी । देउसी भैलोको रकम मोजमस्तीमा सिध्याउने गरिएको पाइएपनि मोरंग उर्लाबारीस्थित मारवाडी समाजका युवाहरुहरुले सामाजिक काममा खर्च गरेर उदाहरण बनेका छन् ।
उनीहरुले देउसीभैलोबाट संकलित नगद २५ हजारबाट उर्लाबारी ९ मा रहेको प्रभात आधारभुत विद्यालयका सन्थाल समुदायका १९ जना विद्यार्थी र परिवारलाई न्यानो कपडा,खाद्यान्य सहयोग गरेका हुन् ।प्रत्येक सन्थाल विद्यार्थीलाई,सुईटर,टोपी,मोजा,ब्लागंकेट,चामल,दाल,भुजा ,बिस्कुट,चाउचाउ र फलफुल हस्तान्तरण गरिएको थियो । अर्काको ज्यालामुजदुरी गरेर जिविकोपार्जन गरिरहेका सन्थाल परिवारको निक्कै दयनिय अवस्था रहेको र जाडोमा बर्षेनी उनीहरुका छोराछोरी कापिरहेको खबर सुनेपछि सहयोग गरेको योगेश अग्रवालले बताए। उनले, शिक्षा नै भविष्यको जिउने आधार भएको हुँदा विद्यार्थीलाई राम्रोसँग पढ्न आग्रह गरे।

देउसी भैलोको रकम मनोरन्जनमा खर्च गर्नुभन्दा सामाजिक कार्यमा खर्च गरेर उदाहरण पेश गर्न खाजेका हौ, मोनिका अग्रवाल भन्छिन्, आगामी दिनमा पनि यस्ता कामहरु भइरहन्छन् ।’ हिजोको दिनमा परिवारको भर परेपनि आफुहरु आफ्नै खुट्टामा उभिन सक्ने भएको छौ, हामीसबै जव गर्छौ, उनले भनिन्, हिजोको दिनमा सहयोग गर्ने मन हुँदा पनि सकेका थिएनौ, अब हामी समाजमा सक्ने सहयो गरिरन्छौ ।

कार्यक्रममा बोल्दै समाजसेवी सुन्दर श्रेष्ठले भाईबहिनीहरुले उदाहरणीय काम गरेका बताए। देउसी खेलेको पैसाले सन्थाल विद्यार्थीहरुलाइ यस्तो जाडोमा न्यानो कपडा सहयोग गर्नुभयो, जो जति तारिफ गरेपनि कम हुन्छ । यस्ता सामाजिक कामलाई निरन्तरता दिनुहोला ।

देउंसी भैलो हाम्रो मौलिक परम्परा हो, समाजसेवी श्रेष्ठ भन्छन, परम्परालाई जीबन्त राख्न र समाजमा खड्कीएका आबश्यकता पुरा गर्न देउसीभैलोको प्रयोग राम्रो पक्ष हो ।
विद्यालयका प्रधानाध्यापक मोहन चापागाईले विद्यालयलाई सहयोग गरेको मारबाडी भाई बहिनीहरुलाई धन्यावाद तथा आभार प्रकट गरे ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रुद्र सुब्बाको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन शिक्षक शान्त बस्नेतले गरेका थिए। कार्यक्रममा सहयोगका लागि योगेश,मोनिका,मुस्कान रिजु,मनिषा,देभेष,कोमल,राठी मनिष र निखिल अग्रवालको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 218

प्रतिक्रिया (०)