Aamsanchar

परिचय बढाउदै प्रसाईं

Author Image
सोमवार, कार्तिक २९, २०७८

बिर्तामोड । झापामा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न अस्पताल निर्माण गरेर पूर्वमा स्वास्थ्य क्षेत्रका सम्भावक मानिएका दुर्गा प्रसाईंको पछिल्लो समयमा परिचय थपिदै गएको छ ।

अस्पताल संचालकबाट सुरु भएको वृहत परिचय यतिवेला समाजसेवी र राजनीतिज्ञ पनि बनिरहेको छ । बिर्तामोडको मोहनमाया र सिस्नेको सिंहदेवी विद्यालमा करिव ४ करोडको लागतमा भवन निर्माणकार्य गराई रहेका छन् । हजारौं युवाको साथमा शक्ति प्रर्दन सहित एमाले पार्टी प्रवेशले प्रसाईको परिचय स्वास्थ्य सेवाहुदै समाज सेवी र राजनीतिज्ञको चर्चा सर्वत्र चलेको छ ।

यतीवेला प्रसाईं सामाजिक र राजनीतिक कार्यक्रमको सिलशिलामा पूर्वका विभिन्न जिल्लाहरुको भ्रमणमा रहेका छन् । हिजो  धनकुटाको वेलहारा ५ स्थित देउराली माध्यमिकविद्यालयको शिशु कक्षाका बालबालिकालाई शिक्षण सिकाईमा सहयोग होस् भन्ने भावनाले टिभी सहयोग गरेका छन् ।

उक्त कार्यक्रममा सम्बोधनको क्रममा प्रसाईले आउँदो दिनमा पनि विद्यालयलाई भौतिक पूर्वाधारमा सहयोग गर्ने प्रतिवद्दता जनाए । यस्तै उनले पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने पाठेघरको क्यान्सरका बिरामीलाई पनि सहयोग गर्ने पनि बताए ।

उनले सोही अस्पतालमा पाठेघरको क्यान्सरको स्क्रिनिङ निस्शुल्क गरिदिने घोषणा गरेका हुन् । राजनितिमा पनि सक्रिय रहदै आएका प्रसाई सोमबार धनकुटाको छिन्ताङमा आयोजित कार्यक्रममा सहभागीता जनाउँदैछन् । सोमबारको उक्त कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि सहभागीता जनाउँदैछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 346

प्रतिक्रिया (०)