Aamsanchar

रौतहटमा एकै परिवारका दुई बालकको मृत्यु, घटना शंकास्पद भएको प्रहरीको भनाई

Author Image
सोमवार, कार्तिक २९, २०७८

रौतहट – रौतहटमा एकै परिवारका दुई बालकहरुको विषका कारण मृत्यु भएको छ । रौतहटको देवाही गोनाही नगरपालिका ५ टिकुलियाका सञ्जय मुखियाका ५ वर्षीय छोरा आकाश र ४ वर्षीय छोरा विकासको मृत्यु भएको हो । उनीहरुको उपचारको क्रममा ज्यान गएको हो ।

ती बालकहरुलाई सुरुमा उपचारका लागि गरुडा लगिएको थियो तर स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि वीरगञ्ज लग्दै गर्दा बाटोमै ज्यान गएको हो ।

प्रहरी भन्छ– घटना शंकास्पद

दुवै बालकहरुलाई रिसिवीका कारण गाउँकै स्थानीयले विष खुवाई हत्या गरेको परिवारजनको आरोप छ । प्रहरीले यस घटनालाई शंकास्पद भन्दै गम्भीर अनुसन्धान गरिरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेले भने, ‘बालकहरुको विषका कारण मृत्यु भएको छ । घटना शंकास्पद रहेकाले हामीले अनुसन्धान गरिरहेका छौं, बालकहरुलाई कसले किन विष दियो भन्ने विषयमा हामी गम्भीर रुपमा छानबिन गर्छौं ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)