Aamsanchar

सल्लेरीमा बुबाद्वारा छोराछोरी माथि एसिड प्रहार, छोराको अवस्था गम्भीर

Author Image
मङ्गलवार, मंसिर ७, २०७८

प्रतिकात्मक तस्विर

     

सोलुखुम्बु – सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा बुबाले छ्यापेकाे एसिड लागेर छोराछोरी घाइते भएका छन्। सोलु दूधकुण्ड नगरपालिका-५ वसन्त बजारका अन्दाजी ५५ वर्षका मोहन बराइलीले गएराति ८ बजे छोराछोरी माथि एसिड प्रहार गरेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

एसिड लागेर २५ वर्षका छोरा र १६ वर्षकी छोरी घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार घाइतेमध्ये छोराको अवस्था गम्भीर छ ।

एसिड प्रहार गर्ने बराइलीलाई प्रहरीले पक्राउ गरेको छ । उनले जाँड रक्सी खाएर एसिड प्रहार गरेका खुल्न आएको प्रहरीले जनाएको छ ।  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 265

प्रतिक्रिया (०)

सम्बन्धित खबर